Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल चलेको छ ।
रास्वपामा विधानतः १२१ सदस्य केन्द्रीय सदस्य हुने भनिएको छ । तर, हाल ६७ जना मात्रै रहेका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावबारे छलफल भएको पुष्टि गरे । ‘अहिले रास्वपाका जोडिन चाहने धेरै हुनुहुन्छ । महाधिवेशन ८/९ महिना बाँकी नै छ । त्यतिन्जेलसम्म रास्वपामा जोडिन चाहनेलाई कुनै जिम्मेवारी दिन सकिन्छ कि भन्ने छलफल चलेको छ’, झाले भने ।
तर, यो विषय केवल प्रस्तावको रुपमा मात्रै रहेको उनले बताए ।
रास्वपाका अर्का एक नेताका अनुसार अरु दलमा जिम्मेवारीमा बहाल रहेका र पूर्वसांसद समेत जोडिन खोजेका छन् । यस्तोमा केन्द्रीय सदस्यसम्मको जिम्मेवारी दिन सकिन्छ कि भने छलफल चलेको छ ।
२७ चैत २०८१ मा बसेको रास्वपा सचिवालय बैठकमा यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक यही असार १४ गते बसेको रास्वपाको संसदीय दलको बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो ।
कतिपयले भने महाधिवेशन नजिकिएले केन्द्रिय सदस्यको संख्या नथप्ने कि भन्ने राय प्रकट गरेका छन् ।
रास्वपाले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने तय गरेको छ ।