Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धान रोपेर जनकपुरधाम उपमहानगरले मनायो धान दिवस





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले २५ वटै वडामा धान रोपाइ कार्यक्रम सञ्चालन गरी २२औँ राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाएको छ ।
आनन्द नेपाल संस्थाको आयोजनामा जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम नगरप्रमुख मनोजकुमार साहको अगुवाइमा सम्पन्न भयो । कार्यक्रममा मधेस प्रदेशसभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रका लागि आधारभूत बालीको रूपमा चित्रित गर्दै धान उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि स्थानीय तह सक्रिय रहेको बताए । ‘धानमा हाम्रो परनिर्भरता हटाउन खेती विस्तार र उत्पादकत्व वृद्धिमा ध्यान दिनु जरुरी छ,’ उनले भने ।
साहले कमला सिँचाइ आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गर्दै सिंचाइ अभावका कारण उत्पादनमा प्रभाव परेको उल्लेख गरे । साथै, धान रोपाइको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न आग्रह गरे ।
धान दिवसको अवसरमा रोपाइ, खेतमा खेलकुद, परम्परागत गीत–संगीत लगायत कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।