Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बलात्कार आरोपमा सजाय पाएका भारतीय बाबा आशाराम बापुको नाममा मधेस सरकारद्वारा बजेट विनियोजन





जनकपुरधाम ।
मधेस सरकारले बलात्कार अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका विवादास्पद भारतीय धर्मगुरु आशाराम बापूको नाममा बजेट विनियोजन गरेको खुलेको छ ।
प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत दुई छुट्टाछुट्टै योजनाबाट जनकपुर उपमहानगरपालिका–१९ मा रहेको ‘संत श्री आशाराम बापू योग वेदान्त सेवा समिति’का लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । मन्त्रालयले उक्त संस्थाको नयाँ तथा अधुरो भवनको स्तरोन्नतिका लागि प्रत्येक योजनामा १५ लाखका दरले बजेट छुट्याएको छ ।
बजेट विवरण अनुसार, खेलकुद मन्त्रालय तथा त्यस अन्तर्गतको सामाजिक विकास इकाइ कार्यालय जनकपुरधाममार्फत योजनालाई अघि बढाइएको हो ।
विवादित बाबाको नाममा सार्वजनिक बजेट विनियोजन भएको विषयमा चर्को आलोचना भइरहेको छ । खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले आफूलाई योजना सम्झना नरहेको बताउँदै आशाराम बापूको नाममा बजेट जानु अनुचित भएको बताएका छन् । उनले भने, ‘आशाराम बापूजस्तो विवादित पात्रको नाममा बजेट जानु मिल्दैन । संस्थाको नाम दर्ता कुनै व्यक्ति विशेषको नाममा छ भने पनि त्यसलाई सच्याउनुपर्छ । यस्तो योजना चल्न सक्दैन, चलाउनु पनि हुँदैन ।’
मधेस सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरिसकेको छ । तर, बजेट सार्वजनिक भएको १० दिनपछि बसेको प्रदेशसभा बैठक असार ११ गते २३ मिनेट २१ सेकेन्डमै स्थगित भएको थियो र त्यसयता अनिश्चितकालका लागि स्थगित छ ।