Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रासायनिक हतियार प्रयोग गरेको आरोपमा सुडानमाथि अमेरिकाले लगायो प्रतिबन्ध





एजेन्सी ।
गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने उल्लेख छ ।
गत जनवरीमा सुडानको सेनाले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको समाचार न्युयोर्क टाइम्स पत्रिकाले छापेको थियो ।
नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ ।
खार्तूमले भने रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ ।
यद्यपि अमेरिकाले सुडानलाई लगाइएको प्रतिबन्ध अन्तर्गत अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषिजन्य वस्तु वा उत्पादनबाहेकका सहायता बन्द गरिने जनाइएको छ ।
यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।
सन् २०२३ को अप्रिलमा सुडानका सेना र आरएसएफबीचको शक्ति संघर्षपूर्ण युद्धमा परिणत भएको थियो । यो गृहयुद्ध गरिब मुलुक सुडानका लागि अभिशाप बनेको छ ।
यस द्वन्द्वका कारण दशौं हजार मानिसको मृत्यु भएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् । सुडान युद्धलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय संकटको रूपमा व्याख्या गरेको छ ।