Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशविरुद्धको टेस्ट श्रृंखला श्रीलंका १–०ले विजयी





एजेन्सी ।
बंगलादेशविरुद्धको दुई टेस्ट खेलको शृंखलामा श्रीलंका १–० ले विजयी भएको छ । कोलम्बोमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ र ७८ रनले हराएको हो ।
बंगलादेशले पहिलो इनिङमा २४७ रन बनाएको थियो । श्रीलंकाले आफ्नो पहिलो इनिङमा ४५८ रन बनाएको थियो भने २११ रनको अग्रता लिएको थियो । बंगलादेशको दोस्रो इनिङ १३३ रनमा समेटियो ।
श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । श्रीलंका र बंगलादेशबीच खेलिएको यो टेस्ट शृंखला आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ को हिस्सा हो । यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अस्ट्रेलिया पहिलो स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा छ ।