Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध





काठमाडौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले बैठकमा अवरोध गरेका हुन् ।
शनिबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले संसदमा रास्वपाको आन्दोलन यथावत रहेको बताए । उनले भने, ‘हाम्रो आन्दोलन जारी छ । संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेकोमा रास्वपाले आन्दोलन जारी राख्ने बताएको हो ।
यसअघि रास्वपा संसदीय दलको बैठकले शनिबार पनि संसद बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको थियो ।