Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाले प्रधानमन्त्रीले बोल्दा पनि विरोध जारी राख्ने





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधि सभामा विरोध जारी राख्ने बताएको छ ।
आज बसेको संसदीय दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेपनि विरोध निरन्तर चल्ने सांसद हरि ढकालले बताए । उनले भने,‘प्रधानमन्त्री बोल्नुहुन्छ हाम्रो आन्दोलन पनि सुन्नु हुन्छ ।’ रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको आएको छ ।
तर सरकारले गृहमन्त्री लेखकको राजीनाको सट्टामा छानविन समिति गठन गरेको छ । तर रास्वपाले उक्त समितिप्रति असहमति जनाउँदै आइरहेको छ ।