Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाको अर्नमामा एक युवकको शव फेला, हत्याको आशंका





जनकपुरधाम ।
सिरहाको अर्नमा गाउँपालिका १ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा पनि लुगा बेरिएको छ ।
घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
सिरहाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।