Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धान निष्कर्ष





काठमाडौँ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ मा एक जना किशोरी मृत भेटिइन् । कोलगाउँका पदमबहादुर तामाङकी छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कार पछि निशाको हत्या भएको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराउँदैछ । मदिरा सेवन गरेका ५ जनाले पालैपालो बलात्कारपछि हत्या गरेर छ्यादिखोला जङ्गलमा किशोरीको शव फालेर भागेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

काठमाडौँबाट तालिमप्राप्त कुकर लगेर घटना अनुसन्धान गरिएको थियो । प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।