Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उपनिर्वाचनमा सहकार्य गर्नेबारे छलफल





काठमाडौं ।
मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा मोर्चाको बैठक बसेको हो ।
बैठकमा पछिल्ला विकसित राजनीति घटनाक्रम, मोर्चाको आगामी कार्यायोजनालगायतको विषयमा छलफल चलिरहेको छ । बैठकमा कात्तिकको दोस्रो साता हुने भनिएको उपनिर्वाचनबारे पनि छलफल भएको चौधरीले बताए ।
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यको उपचुनावकोको मिति आयोगले तोक्दैछ ।
उनले भने, ‘कांग्रेस, एमाले, रास्वपाले आन्तरिक रूपमा तयारी थालिसकेका छन् । कात्तिकभित्रै चुनाव हुने गरी आयोगले मिति तोक्दैछ । अन्य दलहरू मैदानमा गइसकेका छन्, तर हाम्रोबाट कसैले तयारी थालेको पाइएन । त्यसैले छलफल गरौँ भनेर बैठक राखेका हौँ ।’
गएको निर्वाचनमा नाउपाले उम्मेदवारी दिएर सम्मानजनक मत पाएको भन्दै उपनिर्वाचनको लागि रुपन्देहीमा पार्टीको उम्मेदवार करिब तय भइसकेको बताए । उनले मोर्चा गठन भइसकेकाले सबै दलहरुबीच सहमतिमा अघि बढ्न प्रस्ताव राखे ।