Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वीरगन्ज नाकामा कोरोना संक्रमित फेला, कोरोना पोजिटिभ पाइएका दुवै भारतीय





वीरगन्ज ।

वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको हेल्थ डेस्कमा असार लागेयता दुई जना कोरोना संक्रमित फेला परेका छन् । वीरगन्ज महानगरपालिकाको कार्यालय स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, कोरोना पोजिटिभ पाइएका दुवै भारतीय पुरुष हुन् ।

‘दुवै कोरोना पोजिटिभ भारतीय पुरुष थिए,’ उनले भने, ‘भारतको बिहार राज्यको मोतीहारी र छौडादानो घर रहेका उनीहरु नेपाल प्रवेश गर्न लागेका थिए ।’ तीमध्ये मोतीहारीका पुरुष जन्तीमा सहभागी भएर आएका थिए भने छौडादानोका पुरुष रोजगारीका लागि बर्दिबासतर्फ जाँदै थिए । कोरोना पोजिटिभ दुवै भारतीयलाई उनीहरुको देश फिर्ता पठाइदिएको ठाकुरले बताए ।

असारको पहिलो सातामा सरुवा रोग महामारी नियन्त्रण महाशाखा काठमाडौंबाट डेस्कलाई २० वटा कोरोना परीक्षण गर्ने किट प्राप्त भएको उनले बताए । २०८० माघ २५ गते डेस्कमा किट सकिएपछि डेस्क किटविहीन रहेको थियो ।

२० वटा किट २० जना शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा सक्किन्छ । तर शंकास्पदमा पनि रुघाखोकी र ज्वरोले ग्रस्त व्यक्तिरुको मात्र किटबाट स्वास्थ्य परीक्षण गर्ने निर्देशन प्राप्त भएको र आफूहरुले त्यसै अनुरुप गरी रहेको उनले बताए ।

भारतमा कोरोना संक्रमण तीव्ररुपमा विस्तार भइरहेको सन्दर्भमा मुलुकको प्रमुख स्थल नाकाको डेस्कमै किटको यसरी सीमितता हुँदा यो नाकाबाट कोरोना संक्रमितहरु भित्रिने उच्च जोखिम रहेको छ ।

झण्डै ३ वर्षदेखि यहाँस्थित हेल्थ डेस्कमा कोरोना संक्रमित फेला पर्ने क्रम ठप्प प्राय: रहेको थियो । त्यसमध्ये १६ महिनायता किट नै नभएपछि परीक्षणसमेत बन्द रहेको थियो ।

कोरोना संक्रमणको चौथो लहर फैलिँदासम्म यो नाका हुँदै नेपाल प्रवेश गर्दा संक्रमित पुष्टि भएकाहरुमा अधिकांश भारतीयहरुमा नेपालमा मजदुरी गर्न आउने, व्यावसायिक यात्रामा र केही पर्यटन तथा तीर्थाटन प्रयोजनले नेपाल आउन लागेका थिए ।

विगतमा पनि भारत र नेपालमा एकैसाथ कोरोना संक्रमण देखिने प्रवृत्ति रहेकोमा यस पटक पनि नेपालमा छिट्टै नै कोरोना संक्रमण देखा पर्ने संभावना बढेको छ । ३ वर्षपछि भारतमा देखा परेको कोरोनाको पाँचौ लहरले छिट्टै नै नेपालमा प्रभाव पार्ने प्रबल सम्भावना छ ।

वीरगन्जको छिमेकी सहर रक्सौलबाट भारतको दिल्ली, कोलकाता, मुम्बई, बनारस लगायतका ठूला सहरसँग सोझो रेल सम्पर्क रहेकाले यो नाका हुँदै कोरोना संक्रमण नेपाल भित्रिने उच्च जोखिम रहेको छ । कोरोनाको पछिल्लो लहरमा पनि सुरुमा बढी जसो भारतको कोलकाता, दिल्ली, गाजियाबाद आदि सहरबाट आउनेहरुमा कोरोना संक्रमण देखिएको थियो । पछि भारतको सबै राज्यबाट आउनेहरुमा कोरोना संक्रमण देखिन थालेको थियो ।

आउँदो साउन महिनामा भारतको उडिसा र कोलकाताबाट पशुपतिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकहरुको संख्या बढी हुने छ । चौथो लहरमा पनि त्यहाँका तीर्थालुमा बढी कोरोना संक्रमण पुष्टि भएको थियो ।