Breaking 
शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त | एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित | नेपालमा टेलिग्राम एप बन्द | साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम | एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकताबीच एकता घोषणा | सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद | संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने | अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो | भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप | ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ |

भेटेरिनरी अस्पताल सप्तरीका तत्कालीन कार्यालय प्रमुखसिहत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा





काठमाडौँ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत  डा. प्रभात झासहित तीन जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

डा. झासँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

केन्द्रले निर्माण व्यवसायीमध्ये एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ गरी आर्थिक प्रस्ताव खोलिएको हुँदा प्राविधिक र आर्थिक मूल्यांकलन पुनरावलोकन गरी पाउँ भन्‍ने ब्यहोराको उजुरी परेपछि आयोगले अनुसन्धान एवं छानबिन अघि बढाएको थियो ।

केन्द्र ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाइ छिपाइ, सार्वजनिक रूपमा प्रकाशन नगरी ठेक्का अभिलेखमा राख्ने प्रयोजनार्थ सौर्य राष्ट्रिय दैनिक पत्रिकामा एकप्रति मात्र सूचना प्रकाशन गरेको भनेर पेस गरिएको थियो ।

तर, प्रेस काउन्सिल नेपालको गत जेठ २ गतेको पत्रबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माण सम्बन्धी बोलपत्र आह्वानको कुनै पनि सूचना नरहेको भनी लेखी आएको हुँदा उनीहरूको मिलेमतोमा झुट्टा बिल तयार गरी १ लाख २९ हजार ६६७ रूपैयाँ भुक्तानी दिए लिएको देखिपछि मुद्दा दायर गरिएको पौडेलले बताए ।

आयोगले सबै प्रतिवादीलाई १ लाख २९ हजार ६६७ रूपैयाँ बिगो कायम गरेको छ ।