Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमाथि इंग्ल्यान्डको ऐतिहासिक जित





 हेडिङ्ले ।

बेन डकेटले बनाएको उत्कृष्ट १ सय ४९ रनको मदतले इंग्ल्यान्डले भारतलाई पहिलो टेस्टमा मंगलबार पाँच विकेटले हराएको छ । हेडिङ्लेमा भएको टेस्टको पाँचौं दिनको अन्तिम सत्र इंग्ल्यान्ड यस ऐतिहासिक र नाटकीय जित हात पार्न सफल भएको हो ।

जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको इंक्ष्ल्यान्ड त्यसको जवाफमा पाँच विकेटमा ३ सय ३७ रन बनाउन सफल रह्यो । यो जितसँगै इंग्ल्यान्डले पाँच टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ । इंग्ल्यान्डले विना कुनै विकेटको क्षति २१ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

डकेटले पहिलो विकेटका लागि ६५ रन बनाएका ज्याक क्रलीसँग १ सय ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । जेमी स्मिथ ४४ रन बनाएर नटआउट रहे र उनले नै छक्का प्रहार गर्दै विजयी रन बटुले । जोए रुट ५३ रन बनाएर नटआउट रहे ।

दोस्रो म्याच २ जुलाइको एजबस्टनमा हुनेछ ।