Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा सामान्य गिरावट





काठमाडौँ ।
सुनको मूल्यमा आज गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेर आज सुन तोलाको एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको छ । गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार बृद्धि भएको थियो । आइतबार तोलामा पाँचसय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ९५ हजार दुईसय रुपैयाँ पुगेको थियो ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य चार हजार चारसय रुपैयाँ घटेको छ ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य तोलाको दुई हजार १६० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।