Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पले युद्धविरामकालागि विनती गरेको इरानी टेलिभिजनको दावी





एजेन्सी ।
इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ ।
सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरानले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो ।
उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ ।
अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख गर्दै इरानले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि तयार भएको बताएको छ ।
अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्सले जवाफी हमला गरेको थियो । यसपछि इरानले युद्धविराम गरेको समाचार आएका थिए तर उसले अस्वीकार गरेको थियो ।
इरानको दाबी अनुसार उक्त आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ थियो . तर, कतारले भने सबै मिसाइलहरू आकाशमै खसालिएको जनाएको छ ।