

जनकपुरधाम ।
‘कलकतियाबाली’ युट्यूब चैनलका प्रमुख पात्र अंशा सदा मृत फेला परेकी छिन । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित ‘कलकतिया बाली’ सिरियल बनाउने ठाउँमा रहेको आफ्नै घरमा राति साढे ९ बजेतिर २१ वर्षीया सदा मृत फेला परेकी हुन् ।
सलको पासो लगाएर झुन्डिएको अवस्थामा राति ९ः३० बजेतिर उनको शव कोठामा फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले दिएका छन् । प्रहरी रातिदेखि नै घटनास्थलमा खटिएको छ ।
अंशाको ६ महिना अघि कलकतियावाली भनिने अविनाश झासँग अन्तरजातीय विवाह भएको थियो ।
अहिले कलकतियावाली सिरियल निर्माणस्थलमा स्थानीयहरुको ठूलो भीड छ ।

