Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित ३ जनामाथि भ्रष्टाचार मुद्दा





काठमाडौं ।

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहि ३ जनामाथि भ्रष्टाचार मुुद्दा दायर भएको छ ।

लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, अस्पतालमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोग मुुद्दा दायर गरेको हो ।

प्रतिवादीहरुले अस्पतालको सम्पत्ति हानिनोक्सानी गर्ने बदनियतले संकलन भएको राजस्वको रकम हिनामिन गरेको देखिएको अख्तियारको ठहर छ ।

‘प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतरसार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु३४,०३,८५६.५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा) मध्ये रु ८,३६,३३० (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू २५,६७,५२६.५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) रकम हिनामिना गरेकोकाे देखिएकाे छ’ अख्तियारकाे आरोपपत्रमा उल्लेख छ ।