Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने न्यायाधीशहरू विरुद्ध थप उजुरी





काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको छ ।

जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।

आरोपितहरूलाई उन्मुक्ति दिने मनसाय र उद्देश्यबाट घटना नै नभएको ठहर गरी मुद्दाको फैसला भएको भन्दै उनले मुद्दाको सुनुवाइका क्रममा भएको क्रियाकलापले समेत प्रश्न उठेको बताएका छन् ।

डा. खुसीप्रसाद थारूको इजलासमा मुद्दा नपरुञ्जेल सुनुवाइ नै नभएको, दोस्रो नम्बरको मुद्दाले प्राथमिकता पाएको, करिब ४ घण्टाको सुनुवाइपछि मुद्दाको फैसला भएको भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले रौतहटको गौरमा आयोजित कार्यक्रममा ‘आलमलाई जसरी पनि निकाल्छु’ भनी अभिव्यक्ति दिएको र त्यसै अनुसार मुद्दाको फैसला भएकोमा प्रश्न उठाएका हुन् ।

उनले कानुनमन्त्री अजयकुमार चौरसिया र मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा. थारू र महर्जन बीचको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग गरेका छन् । न्यायाधीशहरू डा. थारू र महर्जनमाथि समेत अनुसन्धान गर्न उनले माग गरेका हुन् ।

उजुरी दिने साह घटनाको प्रत्यक्षीदर्शीमध्ये एक हुन् । उनी जिल्ला अदालतमा चलेको मुद्दामा सरकारी पक्षबाट साक्षी भई बकपत्र समेत गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी एमालेबाट उम्मेदवार एवं आलमका प्रतिस्पर्धी थिए ।