

जनकपुरधाम ।
स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति मनिषकुमार यादवलाई पक्राउ गरेको प्रकरणमा क्याम्पस कर्मचारी संघ इकाई समितिले क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णलाई दोषी देखाइरहेका छन् । असार ६ गते निवर्तमान सभापति यादव परीक्षालाई मर्यादित बनाउन छलफल गर्न आउँदा प्रशासनको वलप्रयोग गरी निजलाई परीक्षा शाखाबाट हुल बेइज्जत एवं अभद्र व्यवहार गरेको साथै निर्मम घाइते बनाएको छ ।
समितिका सचिव गणेश यादवद्वारा जारी प्रेस विज्ञप्तिमा राराब क्याम्पसमा नव नियुक्त क्याम्पस प्रमुख डा. कर्ण आएदेखि नै कुनै न कुनै घटनाहरु दिनप्रतिदिन घट्दै गइरहेको छ जस्तै कहिले प्रहरी तथा बाउन्सरको प्रयोगगरी कर्मचारीलाई कुटाइ खुवाउने, कर्मचारीहरुलाई एकअर्कामा भड्काउने, कहिले कर्मचारीलाई थुनुवामा राख्ने, कहिले शिक्षकहरुमा विवाद उत्पन्न गराउने जस्ता अव्यवहारिक क्रियाकलापहरु घट्दै जानुमा क्याम्पस प्रमुखको पद दुरुपयोग गर्नु रहेको उल्लेख रहेको छ ।
क्याम्पसको वातावरण बिगार्दे गइरहेकोले यसप्रकारको क्रियाकलापहरु अबिलम्ब बन्द गर्न समितिले मांग गरेको छ ।

