Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानमाथि आक्रमणपछि अमेरिकाविरुद्ध विश्वभर प्रदर्शन





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलहरूमा आक्रमणको घोषणा गरेका थियो । यी आक्रमणहरूको पुष्टि गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाए। यसबाहेक, अमेरिकामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरे ।
यसैबिच, मुस्लिम र अरब देशहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको आलोचना गरे र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन् । ट्रम्पको यो निर्णयपछि विश्वका केही देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ ।