Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी





वीरगञ्ज ।

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

पर्सा जिल्ला अदालतले  जेठ १६मा पक्राउ पुर्जी जारी गरिदिएपछि पर्सा प्रहरीले पक्राउ गरी पठाइदिन भन्दै बर्दिया प्रहरीलाई पत्राचार गरेको छ। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त नामको व्यक्तिविरुद्ध आवश्यक अनुसन्धान अगाडी बढाइएको बताए।

पर्सा प्रहरीका अनुसार उनीविरुद्ध आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लगेर नतिरेको र रकम नभएको बैंक खाताको चेक दिएको भन्दै उजुरी दिएकी छन्।

रायमाझी समानुपातिकतर्फबाट जनमतकी सांसद हुन्। उनी यसअघि मन्त्री समेत भएकी थिइन्।