Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा





एजेन्सी ।
पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ ।
गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई कारण देखाउँदै पाकिस्तान सरकारले यस्तो घोषणा गरेको हो ।
एक्स (पूर्व ट्विटर) मा पाकिस्तान सरकारले भनेको छ, ‘हालैको भारत–पाकिस्तान संकटका बेला ट्रम्पको निर्णायक कूटनीतिक हस्तक्षेप र महत्वपूर्ण नेतृत्वलाई सम्मान दिँदै उनलाई नोबेल शान्ति पुरस्कार दिनु उपयुक्त हुन्छ ।’
भारतले भने गत महिनाको द्वन्द्व अन्त्य गर्न अमेरिका मध्यस्थकर्ताको भूमिकामा रहेको भन्ने दाबी अस्वीकार गर्दै आएको छ । भारतले तेस्रो पक्षबाट कूटनीतिक हस्तक्षेप नचाहेको स्पष्ट पारेको छ ।
ट्रम्पले यसअघि पनि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबरमा हुनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्प यसअघि सन् २०१८, सन् २०२० र सन् २०२३ मा नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका थिए । तर पुरस्कार भने पाएका छैनन् ।
हालसम्म अमेरिकाका चार जना पूर्वराष्ट्रपतिहरुले विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार पाएका छन् ।
सन् १९०६ मा थियोडोर रुजबेल्टले, सन् १९१९ मा उड्रो विल्सनले, सन् २००२ मा जिम्मी कार्टरले र सन् २००९ मा बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाएका थिए ।