Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद हुँदा प्रहरीद्वारा हवाई फायर





जनकपुरधाम ।
सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद बढ्दै जाँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बाटो चौडाइको क्रममा केही स्थानीयले विरोध जनाउँदै ढुङ्गा मुढा गरेपछि प्रहरीले बाध्य भएर ब्ल्याङ्क फायर गरेको हो । झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झडपमा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ ।