Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने





काठमाडौँ ।
भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।
नेपालसँगै भारतले श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ । दूतावासले भनेको छ, ‘नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने भएको छ।’
इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई यथाशक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। सम्पर्क गर्नका लागि टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू प्रयोग गर्न सकिनेछः +९८९०१०१४४५५७, +९८९१२८१०९११५ र +९८९१२८१०९१९ ।
इरान र इजरायलबिच तनाव सुरु भएपछि इरानमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।