Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

योगाभ्यास गर्दै जनकपुरधाममा पनि मनाइयो अन्तर्राष्ट्रिय योग दिवस





जनकपुरधाम ।
११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधामको तिरहुतिया गाछीमा योग शिविर सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा योग शिविर सम्पन्न भएको हो ।
जनकपुरधाम उपमहानगरको स्वास्थ्य शाखाको आयुर्वेद शाखा प्रमुख एवं योगगुरु मनोहर साहले योग शिविरमा सहभागी भएकाहरुलाई योगाभ्यास गराएका थिए । योग शिविरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थीहरु तथा स्थानीयको सहभागिता रहेको थियो ।
नगरप्रमुख साहले योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको चर्चा गरे । उनले योगलाई जनस्तरसम्म पु¥याउनु आवश्यक रहेको बताए ।