Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्राध्यापक संघद्वारा स्ववियू सभापतिको रिहाइको माँग

परीक्षा जस्तो संवेदनशील विषयमा लापरबाहीका कारण स्थिति सृजना भएको मुक्तिनाथ साहको आरोप





जनकपुरधाम ।
त्रिवि प्राध्यापक संघ रा.रा.ब.क्याम्पस एकाइ समितिले स्ववियू सभापति मनिष कुमार यादवको रिहाइको माँग गरेको छ । प्राध्यापक संघका सभापति मुक्तिनाथ साहले सामाजिक सञ्जालमा आज उल्लेख गरी रिहाइको माँगका साथै परीक्षा जस्तो संवेदनशील विषयमा लापरबाहीका कारण सृजना भएको यो घटनाको समाधान यथाशीघ्र होस भनी संपूर्ण सरोकारवाला पक्षहरु संग हार्दिक अनुरोध गर्नुभएको छ ।
गौरवशाली इतिहास बोकेको जनकपुरधामको रा.रा.ब.क्याम्पसमा आज परीक्षाको प्रवेश–पत्र सम्बन्धी विषयमा क्याम्पस प्रमुख र विद्यार्थी नेता बिच उत्पन्न विवादमा प्रहरीद्वारा नियन्त्रणमा लिईएको प्रसंग उल्लेख गर्दै क्याम्पसमा शैक्षिक वातावरण कायम गरि अध्ययन अध्यापनका लागि राम्रो र भयमुक्त माहौल बनाउनका लागि पनि क्याम्पस प्रमुखसंग उहाँले अनुरोध गर्नुभएको छ ।