Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बहुदरमाईका कार्यकारी अधिकृत र पोखरियाका नासु अख्तियारको नियन्त्रणमा





काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले शुक्रबार पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश श्रीवास्तवलाई पक्राउ गरेको छ ।
केन्द्रीय कार्यालयबाट आएको अख्तियारका २ जनाको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारी श्रीवास्तवलाई नियन्त्रणमा गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं लगेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
त्यसैगरी, पोखरिया नगरपालिकाका जिन्सी सहायक नायब सुब्बा सन्दीप साहलाई पनि सोही टोलीले नियन्त्रणमा लिई लगेको एसपी मिश्रले बताए । ‘अख्तियारको टोलीले आफूहरूले यी दुई जनालाई नियन्त्रणमा लिएर लगेको जानकारी मात्र दिएको छ,’ उनले भने, ‘किन र के अभियोगमा उनीहरूलाई लगेको हो भनी जानकारी दिएका छैन ।’
दुवैलाई पदको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरी लगेको अख्तियार स्रोतले बताएको छ । श्रीवास्तव यसअघि पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।