Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँको चक्रपथभित्र थपिएका निषेधित क्षेत्र अब खुला





काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा थपिएका निषेधित क्षेत्र खुला गरेको छ।

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा-जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर अब प्रशासनले त्यो निषेधाज्ञा फिर्ता लिइएको जानकारी गराएको हो।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२/०२/१८ गतेको आदेशमार्फत काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेकोमा हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको बेहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’