Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आजदेखि देशभर फैलियो मनसुन





काठमाडौँ ।

आज असार ६ गतेदेखि मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज मनसुन आगमन बुलेटिन-३ जारी गरी मनसुन प्रणाली मुलुकभरि नै विस्तार भएको जानकारी दिएको हो।

बुलेटिनमा भनिएको छ: यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०३/०६ (२० जुन २०२५) गतेका दिन देशभर फैलिएको छ।

नेपालमा यस वर्ष मनसुन जेठ १५ गते (मे २९ तारिख) पूर्वी क्षेत्र कोसी प्रदेशमा प्रवेश गरेको थियो भने त्यसको १४ दिनपछि जेठ २९ गते मधेस प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानसम्म विस्तार भएको थियो।

आजदेखि भने देशका सबै स्थानमा मनसुन पुगेको मौसम महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुन्छ।

तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुनलाई देशैभर फैलिन २३ दिन लागेको छ।