Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा सामान्य गिरावट





काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट पारेको छ ।
‘असार ५ गते आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूसँग भएको परामर्श अनुसार, मिति २०८२ साउन १ गते अघि सम्म सो विलासिता कर लागू नहुने स्पष्ट जानकारी प्राप्त भएको छ’, महासंघले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । साथै यस सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग निरन्तर वार्ता र कूटनीतिक पहलहरू समेत भइरहेको महासंघले स्पष्ट पारेको छ । महासंघले विलासिता कर खारेजीको माग गर्दै आएको छ ।