Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको विहारस्थित दरभंगा हाइवेमा ई–रिक्साको ब्याट्रीमा खराबी आउँदा आगलगी, १को मृत्यु ५ घाइते





एजेन्सी ।
छिमेकी मुलुक भारत विहारको मुजफ्फरपुर जिल्लाको दरभंगा हाईवे अन्तर्गत गयघाट क्षेत्रमा एक ई–रिक्शामा अचानक आगलागी हुँदा एक महिलाको ज्यान गएको छ भने सोही परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान उनीहरु एक विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटनामा परेका हुन् । मृतकको पहिचान कमरून खातुनका रूपमा गरिएको छ । उनी उक्त ई–रिक्शा चलाइरहेका मोहम्मद साजिद हुसैनकी आमा हुन् ।
दुर्घटनामा साजिद हुसैन, उनकी श्रीमती यास्मीन, आमा जैनब, ९ वर्षीय छोरा सरफराज र ७ वर्षीया छोरी सबीना गम्भीर रूपमा घाइते भएका छन् । साजिदको अवस्था गम्भीर रहेको स्थानिय प्रहरीले जनाएको छ ।
ई–रिक्शाको ब्याट्रीमा आएको प्राविधिक खराबीका कारण अचानक विस्फोट भयो र केही मिनेटमै सम्पूर्ण रिक्शा जलेर नष्ट भएको प्रत्यक्षदर्शीहरुको भनाईलाई उदृत गर्दै एएसपी शाहरिया अख्तरले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।