Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अदालतको फैसालाले बीसीसीआईलाई झट्का, आइपीएलमा हाल अस्तित्वमै नरहेको कोच्ची टस्कर्सलाई ५३८ करोड क्षतिपूर्ति तिर्नुपर्ने





एजेन्सी ।
भारतको मुम्बई उच्च अदालतको एउटा फैसलाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई ठूलो झट्का लागेको छ । मुम्बई उच्च अदालतले एउटा मुद्दामा पुरानो इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोच्ची टस्कर्सको पक्षमा फैसला सुनाएको हो ।
उच्च अदालतको उक्त फैसालपछि अब बीसीसीआईले कोच्ची टस्कर्सलाई पाँच सय ३८ करोड भारतीय रुपैयाँ क्षत्तिपूर्ति तिर्नुपर्ने भएको छ । प्रतिबन्धका कारण हाल कोच्ची टस्कर्सले आईपीएल खेल्दैन । न्यायाधीश आरआई चागलाले कोच्ची टस्कर्सको पक्षमा फैसला सुनाएका हुन् ।
कोच्ची टस्कर्स केरलले सन् २०११ मा पहिलो पटक आईपीएल खेलेको थियो । तर, त्यसपछि कोच्ची टस्कर्सले आईपीएलमा सहभागिता जनाउन पाएन । पहिले यो क्लबको स्वामित्व रेन्देबु स्पोर्टस वल्र्ड (आरएसडब्लू) सँग रहेको थियो ।
त्यसपछि कोच्ची क्रिकेट प्राइभेट लिमिटेड नामको कम्पनीले कोच्ची टस्कर्स सञ्चालन गरेको थियो । स्वामित्व परिवर्तन भएपछि सम्झौता उल्लंघन गरेको आधार बनाएर बीसीसीआईले कोच्ची टस्कर्सलाई आईपीएल खेल्नबाट रोक लगाएको थियो ।
कोच्ची टस्कर्सका मालिकहरूले सन् २०११ को मार्च २६ तारिखभित्र बीसीसीआईमा धरौटी जम्मा गर्नुपर्ने थियो । तर, एक सय ५६ करोड भारतीय रुपैयाँ समयभित्र जम्मा नभएपछि कोच्ची टस्कर्समाथि प्रतिबन्ध लगाइएको दाबी बीसीसीआईले गरेको थियो ।
त्यसपछि आरएसडब्लू र कोच्ची क्रिकेट प्राइभेट लिमिटेडले बीसीसीआईविरुद्ध संयुक्त रूपमा मुद्दा दायर गरेका थिए । यसअघि सन् २०१५ मा पनि ट्रिब्यूनल कोर्टले आरएसडब्लू र कोच्ची क्रिकेट प्राइभेट लिमिटेडकै पक्षमा फैसाल सुनाएको थियो ।
अहिले आएर मुम्बई उच्च अदालतले पनि उनीहरुकै पक्षमा फैसला सुनाएको हो । यो फैसालपछि अब बीसीसीआईले ठूलो रकम कोच्ची टस्कर्सका मालिकहरूलाई क्षत्तिपूर्ति स्वरूप तिनुपर्ने भएको छ ।