Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण





हेटौंडा।

हेटौंडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ ।

भूमि सम्बन्धि समस्या देखाउदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चारजनाको समूहले उनमाथि कार्यकक्षमै आक्रण गरेका हुन् । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापि दिएका छन् ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानिय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिंता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहदा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको हो ।

केही दिन अघिबाट हेटौंडा-१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो।

आक्रमणबाट अध्यक्ष न्यौपाने घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ । घटनाका क्रममा अध्यक्ष न्यौपानेले प्रयोग गर्ने दुईवटै मोबाइल आक्रमणकारीले लगेको अध्यक्ष न्यौपाने बताए ।

घटनापछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित वडा अध्यक्षहरु घटना स्थल पुगेका छन्।

घटनाको विषेश ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई आग्रह गरेका छन् ।