Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

असार १५अघि निजामति विधेयक प्रतिनिधिसभामा पेस नहुने निश्चित





काठमाडौँ ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ असार १५ गते अगाडि प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत नहुने भएको छ ।
सङ्घीय संसद् सचिवालयका असार १४ गतेसम्मका लागि तय गरेको कार्यतालिकामा यो विधेयकमाथि छलफल र पारित गर्नका लागि पेस गर्ने कार्यसूची छैन । सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा अब असार १४ गतेसम्म प्रतिनिधिसभा बैठक ५, ६, ७, ८, ९, १० र १४ गते बस्नेछ ।
त्यसमा बजेटसम्बन्धी विषयबाहेक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१’ छलफल र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमात्रै समावेश गरिएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले निजामती कर्मचारी विधेयक असार १४ गतेसम्मको कार्यतालिकामा नराखिएको बताए । ‘बजेट पास गर्ने चाप छ । त्यसैले निजामती कर्मचारीसम्बन्धी विधेयक परेको छैन । अब १५ गते पछाडिको कार्यतालिकामा मात्रै पर्ला,’ प्रेस विज्ञ अधिकारीले भने ।