Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रादेशिक अस्पताल गौर मधेस प्रदेशमा पुनः उत्कृष्ट





रौतहट ।

रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल मधेस प्रदेशमा पुनः उत्कृष्ट बनेको छ । मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरिएको हो।

प्रादेशिक अस्पताल गौर मूल्याङ्कनको आधारमा कुल ९१  प्रतिशत नम्बर ल्याएर मधेस प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये उत्कृष्ट र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा कायम रहेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन्।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमलगायत विभिन्न निकायका ११ सदस्यीय टोलीले प्रादेशिक अस्पताल गौरको सूक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण गरी सोमवार निष्कर्षमा पुगेको थियो। अनुगमन निरीक्षणपश्चात्  अस्पतालको सभाकक्षमा  एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्य कर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अप्रेसन कक्ष, शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्याङ्कन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिएका छन्।

कार्यक्रममा वक्ताहरूले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पतालको नामले परिचित भएको थियो।

तर वर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।

यस अघि गत फागुन ६ गते ८९ अंक ल्याएर प्रादेशिक अस्पताल गौर प्रदेशमा उत्कृष्ट तथा देशमै टप टेनको सूचीमा परेको थियो।