Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्याक्टरले ठक्कर दिँदा सप्तरीमा मोटरसाइकल चालकको मृत्यु





राजविराज ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१ गोविन्द चोकमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मंगलबार बेलुका दुर्घटना भएको हो ।
शम्भुनाथतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ का २५ वर्षीय मो.आजाद मियाँलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । दुर्घटना मोटरसाइकलमा पछाडी सवार रहेका सोही ठाउँका १८ वर्षीय समिर मियाँको पनि हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।
उनलाई युनिक अस्पतालमा उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ट्याक्टर चालक शम्भुनाथ नगरपालिका–१ का कैलाशकुमार यादवलाई नियन्त्रणमा लिइएको छ ।