Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोदी–ट्रम्प फोनवार्ताः अपरेशन ‘सिन्दूर’देखि इजरायल–इरान युद्धबारे कुराकानी





एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार करिब ३५ मिनेट लामो टेलिफोन वार्ता भएको छ । यस वार्तामा प्रधानमन्त्री मोदीले ‘अभियान सिन्दूर’ बारे राष्ट्रपति ट्रम्पलाई विस्तृत जानकारी दिएको बताइएको छ ।
भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार वार्तामा प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरसँग सम्बन्धित विषयमा लामो कुराकानी भएको गरेको बताए ।
भारतले पाकिस्तानको आग्रहमा मात्रै युद्धविराम गरेको पनि मोदीले बताए । ‘भारतले कुनै पनि बेला तेस्रो पक्षको मध्यस्थता न अघिल्लो समयमा स्वीकारेको थियो न अब स्वीकार्नेछ’, मोदीले भनेका थिए ।
मोदीले अब भारतले आतंकवादी आक्रमणलाई ‘प्रोक्सी वार’ नभई सीधा युद्धको रूपमा हेर्ने बताउँदै ‘अपरेशन सिन्दूर’ अझै जारी रहेको उल्लेख गरेका थिए ।
विदेश सचिव मिस्रीका अनुसार राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको विवरणलाई गम्भीरतापूर्वक सुनेका थिए । उनले आतंकवादविरुद्ध भारतको अभियानमा समर्थन जनाएका छन् ।
जी७ सम्मेलनका क्रममा मोदी–ट्रम्पबीच भेट हुने भनिएको थियो । तर १७ जुनमा ट्रम्प आकस्मिक रूपमा अमेरिका फर्किनुपर्ने भएपछि त्यो सम्भव भएन । त्यसपछि ट्रम्पको आग्रहमा फोन वार्ता भएको थियो ।
मोदीले ट्रम्पलाई २२ अप्रिलमा पहलगाम हमलापछि भारतले आतंकवादविरुद्ध कडा संकल्प लिएको बताए । त्यसैअनुसार ६–७ मे राति पाकिस्तान र पीओकेमा रहेका आतंकवादीका शिविरहरूलाई निशाना बनाइएको उनले बताए ।
मिस्रीका अनुसार ९ मेको राता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री मोदीलाई फोन गरेर पाकिस्तानले ठूलो हमला गर्नसक्ने सूचना दिएका थिए ।
मोदीले जवाफमा भनेका थिए, यदि पाकिस्तानले हमला ग¥यो भने भारतले दोब्बर जवाफ दिनेछ ।
९–१० मेको राति पाकिस्तानी हमलाको जवाफमा भारतले कडा कारबाही गरेको बताइरहेको छ । पाकिस्तानका केही फौजी एयरबेसहरूलाई लक्षित बनाइएको थियो । यिनै कारबाहीपछि पाकिस्तानले सैन्य अभियान रोक्न अपिल गर्नु परेको भारतको दाबी छ ।
ट्रम्पले हालसम्म १३ पटक भारत–पाकिस्तानबीचको युद्ध रोकिएको श्रेय आफूलाई दिइसकेका छन् । उनले बारम्बार यदि हस्तक्षेप नगरेको भए यो लडाइँ परमाणु युद्धमा परिणत हुन सक्ने बताइरहेका छन् ।
मोदीले ट्रम्पलाई भारत–अमेरिका व्यापार सम्झौता वा अमेरिकामार्फत् कुनै मध्यस्थताबारे कहिल्यै कुनै छलफल नभएको बताएका थिए । युद्धविरामसम्बन्धी छलफल भारत र पाकिस्तानका सैन्य अधिकारीहरूबीच सीधा संवादमार्फत भएको उनले बताए ।
वार्ताको अन्त्यमा, मोदीले ट्रम्पलाई क्वाड बैठकका लागि भारत भ्रमणको निम्तो दिए । ट्रम्पले निमन्त्रणा स्वीकार गर्दै भारत आउन इच्छुक रहेको बताएका छन् । मोदी–ट्रम्पबीचको फोन वार्तामा इजरायल–इरान द्वन्द्व र रुस–युक्रेन युद्धबारे पनि चर्चा भएको । दुवैजनाले युद्धरत पक्षबीच सीधा वार्तामार्फत मात्रै शान्ति सम्भव हुने निष्कर्ष निकालेका थिए ।