

एजेन्सी ।
भारतीय प्रान्त उत्तर प्रदेशको बुलन्दसहरमा कारमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कारमा आगो लाग्दा कारभित्र ६ जना थिए । तीमध्ये पाँच जना जिउँदै जलेका हुन् । एक जना गम्भीर घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । प्रहरीले सबै शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। जलेर मृत्यु हुनेहरू एउटै परिवारका भएको बताइएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा कारमा रहेका सबै जना सहस्वानमा विवाहमा भाग लिएर दिल्ली फर्किरहेका थिए भन्ने कुरा खुलेको छ । प्रहरी र दमकल विभागको टोलीले घाइते अवस्थामा एक युवतीलाई उद्धार गरेको छ । प्रहरीका अनुसार यो दुर्घटना बुलन्दसहरको जहांगिराबाद प्रहरी चौकी क्षेत्रको जानीपुर चन्दौसा गाउँनजिकै भएको हो ।
