Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टम क्रुजलाई मानार्थ अस्कर अवार्ड प्रदान गरिने





एजेन्सी ।
हलिउड अभिनेता तथा निर्माता टम क्रुजलाई मानार्थ अस्कर अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ मोसन पिक्चर आट्र्स एण्ड साइन्सेजले मंगलबार यस्तो घोषणा गरेको हो ।
यो घोषणा उनको पछिल्लो फिल्म ‘मिसन इम्पोसिबल– द फाइनल रेकनिङ’ रिलिज भएको लगभग एक महिना पछि आएको हो, जुन विश्वव्यापी रूपमा चर्चामा रहेको जासूस एक्सन फ्रान्चाइजीको आठौं फिल्म हो ।
कोरियोग्राफर तथा अभिनेता डेबी एलेन र प्रोडक्सन डिजाइनर विन थोमसले पनि एकेडेमी मानार्थ पुरस्कार प्राप्त गर्नेछन्, जसलाई गभर्नर पुरस्कार पनि भनिन्छ ।
संगीत आइकन र परोपकारी डली पार्टनलाई जीन हर्शोल्ट मानवीय पुरस्कारले सम्मानित गरिनेछ । चारैजनालाई नोभेम्बर १६, २०२५ मा आयोजना हुने १६ औं वार्षिक गभर्नर अवार्डमा पुरस्कार दिइनेछ ।
अस्करको आधिकारिक वेबसाइटका अनुसार यो समारोह ओभेसन हलिउडको रे डल्बी बलरूममा आयोजना हुनेछ ।
‘यस वर्षको गभर्नर अवार्डले चार जना महान व्यक्तिहरूलाई सम्मान गर्नेछ जसको असाधारण करियर र हाम्रो फिल्म निर्माण समुदायप्रतिको प्रतिबद्धताले दिगो प्रभाव छाड्नेछ’ एकेडेमीका अध्यक्ष जेनेट याङले वेबसाइटमा साझा गरिएको विज्ञप्तिमा भनिन् ।
हलिउडको इतिहासका सबैभन्दा सफल स्टारमध्ये एक, अभिनेता क्रूज लामो समयदेखि थिएटर प्रदर्शनको पक्षमा धारणा राख्दै आएका छन् खतरनाक स्टन्टहरू प्रदर्शन गर्नका लागि परिचित, क्रूज ‘बर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्यागुइर’को लागि दुई पटक उत्कृष्ट अभिनेताको लागि मनोनित भएका थिए । यसबाहेक अन्य विधासहित ४ पटक उनी अस्कर मनोनित छन् ।
पहिलोपटक अस्कर मनोनयन भएको ३० वर्षपछि अभिनेता क्रुजले अन्ततः अस्कर प्राप्त गर्न लागेका हुन् ।
उनी रिस्की बिजनेस, अ फ्यू गुड मेन, इन्टरभ्यू विथ द भ्याम्पायर, आइज वाइड शट, भेनिला स्काई र लामो समयदेखि चलिरहेको ‘मिसन ः इम्पोसिबल’ फ्रान्चाइजीको लागि परिचित छन् ।