Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु





एजेन्सी ।
इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ ।
इरान र इजरायलबिच विगत पाँच दिनदेखि द्वन्द्व जारी छ । लगातार छैटौँ दिन पनि दुई पुराना शत्रुहरूबिचको द्वन्द्व तीव्र भयो। बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको थियो ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा पोस्टहरू गर्दै इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने र युद्ध सुरु भइसकेको बताएका थिए ।