Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डमाथि नेपालको संघर्षपूर्ण जित





काठमाडौं ।
स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।
जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९.५ बलमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए ।
दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । अन्यबाट दोहोरो अंकमा रन बन्न सकेन । लोकेश बमले ९, रोहित पौडेलले ७ तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए ।
नेपाल ३८–३ को अवस्थामा हुँदा कुशल र दिपेन्द्रले २२ रनको साझेदारी गरे । त्यसपछि नेपालले ६० रनमा चौथो, ७५ रनमा पाँचौं, ७७ रनमा छैटौं, ८७ रनमा सातौं र ९७ रनमा आठौं विकेट गुमाएको थियो ।
२ बलमा १ रन आवश्यक हुँदा करण केसीलाई साथ दिन क्रिजमा आएका सन्दीप लामिछानेले हल्का ब्याटले खेलेर १ रन पूरा गरेसँगै नेपाल विजयी भयो । स्कटल्याण्डले स्ट्राइकर्स एन्डमा रनआउटको प्रयास गरेपनि करणले रन पूरा गरिसकेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । म्याथ्यु क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।
स्कटल्याण्डले ५ ओभरभित्रै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रस र लिस्क मिलेर ३९ रनको साझेदारी गरेपनि क्रस आउट भएपछि लिस्कलाई क्रिजमा साथ नमिल्दा राम्रो स्कोर बनाउन सकेन ।
नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो । नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ ।