Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने





काठमाडौँ ।
संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो कार्यविधि तयार पारेको छ । ‘मोर्चा कार्यविधि–२०८२’ नाम दिइएको उक्त दस्तावेज सचिवालयले तयार गरेको हो, जुन मूल समितिमा पेस भएपछि पारित गरी कार्यान्वयनमा ल्याइनेछ ।
जेठ ३० गते राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले कार्यविधिलाई अन्तिम रुप दिन सबै घटक दलबाट सुझाव संकलन गर्ने र आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
कार्यविधिअनुसार अर्को व्यवस्था नभएसम्म सचिवालयको कार्यालय हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीको कार्यालयमा रहनेछ । मोर्चा गठनमा त्रिपाठीको सक्रियता महत्त्वपूर्ण रहेको कार्यविधिमा उल्लेख छ ।
सचिवालयको बैठक मोर्चामा आबद्ध जुनसुकै दलको पहलमा बस्न सक्ने व्यवस्था गरिएको छ । बैठकको गम्भीरता अनुसार मूल समितिको बैठक आयोजना गर्न पनि सचिवालयले समन्वय गर्नेछ ।
सबै दलको पालो अनुसार बैठक सम्बन्धित दलको कार्यालय, संसदीय दलको कक्ष वा अन्य उपयुक्त स्थानमा बस्न सक्नेछ । त्यस्ता बैठकको अध्यक्षता, सञ्चार व्यवस्थापन र ब्रिफिङ सम्बन्धित दलले नै गर्नेछ ।
मोर्चाका एजेन्डा, निर्णय र कार्यक्रम सबै घटक दलले पालना गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । सचिवालयले योजना, कार्यक्रम र एजेन्डाको प्रारम्भिक खाका तयार गरी मूल समितिमा पेस गर्नेछ ।
मूल समितिको निर्णय सार्वजनिक गर्दा आबद्ध दलका प्रतिनिधिले संयुक्त रूपमा प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । अन्य अवस्थामा सचिवालय सदस्यको हस्ताक्षरमा विज्ञप्ति निकालिनेछ ।
आबद्ध दलहरूले आवश्यकताअनुसार प्रदेशस्तर र भ्रातृ संगठनहरूको विभिन्न तहमा मोर्चाको संरचना विस्तार गर्न सक्नेछन् । लक्ष्य हासिल गर्न सरकार, संसद् र सडक—तीनै तहमा सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यविधिअनुसार सचिवालयमार्फत सम्पूर्ण आर्थिक व्यवस्थापन गरिनेछ । मोर्चाका गतिविधि सञ्चालनका लागि कोष खडा गरिनेछ, जसको आम्दानी–खर्चको विवरण मूल समितिमा प्रस्तुत गर्नुपर्नेछ ।
मूल समितिको बैठक आयोजना गर्ने दलले त्यसम्बन्धी सम्पूर्ण आर्थिक व्यवस्थापन गर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।