Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहट बमकाण्डमा मारिएका पिन्टुका बुवाले अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध दिए न्यायपरिषदमा उजुरी





काठमाडौं ।
रौतहट बमकाण्डका आरोपित मोहम्मद आफ्ताब आलमलाई प्रमाण हुँदाहुँदै सफाइ दिने न्यायाधीशहरूमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ ।
बम विस्फोटमा ज्यान गुमाएका त्रिलोकप्रताप सिंह (पिन्टु)का पिता श्रीनारायण सिंह राजपुतले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दर्ता गराएका हुन् । उनले दुवै न्यायाधीशको कार्यक्षमता र न्यायिक आचरणप्रति प्रश्न उठाउँदै अनुशासनात्मक कारबाहीको माग गरेका छन् ।
२०६४ सालमा भएको सो बम विस्फोट घटनामा त्रिलोकप्रताप सिंहको मृत्यु भएको थियो । त्यसयता श्रीनारायण सिंह १८ वर्षदेखि दोषीलाई न्यायको कठघरामा ल्याउने संघर्षमा छन् । तर, उच्च अदालतले आलमसहितका आरोपितलाई प्रमाणको यथोचित मूल्यांकन नगरी सफाइ दिएको भन्दै उनी असन्तुष्ट छन् ।
न्याय नपाएको महसुस गरेका सिंह कानुन व्यवसायीहरूको सहयोगमा रौतहटबाट काठमाडौं आएर न्यायपरिषद्मा उजुरी दर्ता गराएका हुन् । उजुरीसँगै उनले निष्पक्ष न्याय सुनिश्चित गर्न न्यायाधीशहरूको भूमिकामाथि पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।