

जनकपुरधाम ।
महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । नगरप्रमुख डा दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि उनीहरूबीच विवाद बढेको हो । अहिले उनी कार्यालयको गेटमै रोकिएको र नगर प्रहरीले गेटको ताला नखोलेको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा उपप्रमुखले नगरप्रहरीलाई भनेकी छन्,किन लुकेर बसेको यता आऊ न आऊ ।’
उनले भिडिओमा आफ्नो कार्यकक्ष पनि तोडफोड भएको सूचना पाएको सुनाएकी छन् । उनका अनुसार आज कार्यपालिका बैठक पनि डाकिएको छ । ’कार्यपालिका १० बजे राखिएको थियो । सधैँ ढिला सुरु हुने भएकोले आज केही ढिला आएको म पनि कार्यव्यस्तताले पनि’ उनले भनेकी छन् ।
