Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारको बजेट– पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता, ७ मन्त्रालयको बजेट घटाइयो





जनकपुरधाम ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतवार अर्थमन्त्री सुनिलकुमार यादवले सार्वजनिक गरेको बजेटमा सरकारको प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित देखिएको छ ।
गत वर्षको ४३ अर्ब ८९ करोड रुपैयाँको तुलनामा यो वर्ष सरकारको बजेट २ अर्ब बढी रुपैयाँले वृद्धि भएको छ । बढेको बजेटसँगै खर्चमा अनुशासन र प्रभावकारिता कायम गर्न सरकारले सात मन्त्रालयको बजेट घटाएको छ ।
बजेट घटेका मन्त्रालयहरू
खेलकुद तथा समाजकल्याण मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा कानुन मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटमा कमी ल्याइएको छ ।
बजेट वृद्धि हुने मन्त्रालयहरू
भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाइएको छ ।
सरकारले शिक्षा, स्वास्थ्य, कृषिमा लगानी बढाएर प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना, बजार पहुँच, तथा सेवा प्रवाहलाई सुदृढ बनाउने रणनीति बजेटबाट प्रष्ट देखिएको छ ।
अर्थमन्त्री यादवले बजेट प्रस्तुत गर्दै भने, ‘हामीले सीमित स्रोतसाधनबीच पनि जनताको आवश्यकता र प्रदेशको प्राथमिकतालाई ध्यानमा राखी बजेट बनाएका छौँ । कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अवलम्बन गरिनेछ ।’