Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३४ करोड थान १० को नयाँ नोट बजारमा





काठमाडौं ।

नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट सोमबारदेखि बजार ल्याएको छ ।

केन्द्रीय बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ३ अर्ब ४० करोड रुपैयाँ बराबरका १० को नयाँ नोट प्रयोगमा ल्याएको हो ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड थान बराबर नोट चलनचल्तीमा ल्याएको हो । केन्द्रीय बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म नोट चलनचल्तीमा ल्याएको हो । केन्द्रीय बैंकले ०००००१ देखि ९९९९९९ सम्म संकेत नम्बर भएका भने पनि प्रयोगमा भने ८००००० सम्ममात्र आएको जनाएको छ ।

१० को नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटमा गभर्नरको हस्ताक्षर रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

नोटको पछिल्लो भागको मध्य माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको मध्यभागमा कृष्णसारको चित्र र तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डि.’ लेखिएको छ ।