Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्रा सोनाक्षी यादवको मृत्यु





काठमाडौँ ।

काठमाडौँको कलंकीस्थित इडिफाई इन्टरनेशल स्कुल कम्पाउन्ड भित्र ईभी भ्यान दुर्घटना भएको छ । पार्किङबाट बाहिर निस्कँदै गर्दा भ्यान दुर्घटना भएर कक्षा ४ मा अध्ययनरत ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले  बताए । उनको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

भ्यान स्कुलको गेट र पर्खालमा ठोक्किँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा चालक ६० वर्षीय हर्कबहादुर खत्री, शिक्षक सुरज पोखरेल, विद्यार्थीहरू निकिशा डंगोल, ट्रिनिक्षा घर्तीमगर, सिम्रन खड्का, नौसिया थापा र ८ वर्षीया रेश्मा मोक्तान छन् ।