Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल कलेजका विद्यार्थीहरुसँग सभामुख रामचन्द्र मण्डल

पैसाको लागि शिक्षकबाट राजनीतिमा त आउनु भएको छैन विद्यार्थीको एकप्रश्नको जबाफमा सभामुखको रोचक उत्तर





सुजीतकुमार झा
जनकपुरधाम ।
देशका नाम चलेका निजि क्याम्पस मोडेलमा सभामुख रामचन्द्र मण्डलले आज क्लास लिएका छन् । सो क्रममा विद्यार्थीहरुलाई उहाँले संविधान, संघियता र आजका युवा विद्यार्थीहरु विषयमा जानकारी दिएका थिए । निजि विद्यालयहरुमा संख्या र पढाइका दृष्टिले प्रदेशकै प्रमुख कलेज मोडेल रहेको छ ।
राजनीतिमा आउनुभन्दा पहिला एउटा शिक्षक समेत रहिसक्नु भएका सभामुख मण्डलले विद्यार्थीहरुलाई अन्तरक्रियात्मक शैलीमा पढाउनु भएको थियो । विद्यार्थीहरुले पनि सभामुखसँग खुलेर जिज्ञासा राखेका थिए । पैसाको लागि शिक्षकबाट राजनीतिमा त आउनु भएको छैन विद्यार्थीको एकप्रश्नको जबाफमा सभामुखको रोचक उत्तर आएको थियो ।


उहाँले भन्नुभयो – प्रमुख विषय पढाउने शिक्षकले जति राजनीति गर्नेले कमाउनै सक्दैन । विद्यालयमा पनि समयमा तलब आउने टयुशन पनि निकै चल्ने भएकाले राजनीतिमा दबेकाहरुको अधिकार उत्थानका लागि आफू मात्रै आएको बताउनु भयो ।
राजनीतिमा आउनै वितिकै माओवादीको सशस्त्र जनयुद्धमा लागेको त्यो बेला मर्ने सम्भावना अत्याधिक त्यो यस्तो रिस्क लिएर आएको ले हामी जस्ता राजनीति गर्ने व्यक्ति पैसाको लागि आउनै सक्दैन उहाँको कथन थियो ।
विद्यार्थीको एक प्रश्नको जबाफमा उहाँले भन्नुभयो – विकास भएको छैन त्यो नबुझनुस । सडक, सिचाइ लगायत हरेक कुरोमा विकास भएको छ तर यो यस्तो प्रश्न हो जहिलेपनि उठछन् र यो उठनुपनि परियो किन कि यो उठेन भने विकास काज रुकीहाल्छ । शिक्षामा पनि निकै विकास भएको जसको उदाहरण मधेश प्रदेशमै ४ वटा विश्वविद्यालय बनेको उहाँले अगाडी बताउनु भयो ।


राजनीतिमा आएपछि सभामुख जस्तो पदमा आउनुहुन्छ त्यो लक्ष्य राख्नु भएको थियो एकजना विद्यार्थीको प्रश्नमा उहाँले भन्नुभयो त्यस्तो त राखेको थिइन तर जीवनमा हरेक व्यक्तिले लक्ष्य राखेर अगाडी बढनुपर्छ र त्यही हिसाबले कार्य गरियो भने सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।


मेडेल कलेजका विविएस प्रथम वर्ष र दोस्रो वर्षका विद्यार्थीहरुलाई उहाँले पढाउनुभयो ।
पढाएपछि मोडेल खबरसँग कुरा गर्दै सभामुख मण्डलले भन्नुभयो युवा विद्यार्थी नजिक जाँदा आफूलाई सबैभन्दा सन्तुष्टि हुने गरेको स्वीकार गर्नुभयो ।
सभामुख मोडेलमा पुगेपछि मोडेलका संस्थापक वीरेन्द्र साहले स्वागत गरेका थिए ।
सभामुखको क्लास मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।