

काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदी आइतबारकै मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो ।
चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम छ । आइतबार पनि चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा नै कारोबार भएको थियो ।
