Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाले प्रतिनिधिसभामा विरोध जारी राख्ने





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राख्ने बताएको छ । रास्वपाका नेता शिशिर खनाल आफूहरूको माग सम्बोधन नभएको बताउँछन् ।
रास्पाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् ।
विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ । यस निम्ति रास्वपाका सांसदहरू नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुट्दैछन् । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा छ । अख्तियारले यो विषय उजागर गरेपछि संसद्मा विपक्षी दलहरूले प्रवेश गराएका थिए ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तापक्षसँग सहमति गरेर संसद्को कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपाले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग छाडेको छैन ।
आइतबार रास्वपाका सांसदहरूले सवा ३ घण्टासम्म संसद्मा नाराबाजी गरेका थिए । आज सोमबार पनि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि संघर्षको नीतिबारे रास्वपाले आन्तरिक छलफल गर्न लागेको हो ।